| बिहिबार, मंसिर ११, २०७७

सडक कार्यलयमा दरबन्दी २०, कर्मचारी चार जना मात्रै

गोरखा स्थित एघार किलो छेवेटार भालुस्वाँरा सडक आयोजना कार्यालयमा स्थायी दरबन्दी २० जनाको छ । तर दरबन्दीमा कार्यरत स्थायी कर्मचारीको संख्या चार जना मात्रै छन् । ‘सवारी चालक, कार्यालय सहयोगीहरु करारमा लिएका छौँ’ आयोजना कार्यालय प्रमुख राजेशकुमार यादवले भने ।

एकजना आयोजना प्रमुख, तीनजना इन्जिनियरको दरबन्दी भएको कार्यालयमा एक जना पनि कार्यरत छैनन् । ६ जना सवइन्जिनियरको दरबन्दी रहेको यहाँ दुई जना कार्यरत छन् । यी मध्ये पनि एक जना सुत्केरी बिदामा छन् । लेखा अधिकृत छन् तर लेखापाल छैनन् । नायब शुब्बाको दरबन्दी पनि लामो समयदेखि रिक्त छ ।

‘प्राविधिक जनशक्ति नहुँदा हामीले ठेक्का लगाएको ठाउँमा नियमित निगरानी गर्न समस्या भएको छ’ आयोजना प्रमुख यादवले भने ‘काम गर्न धेरै असजिलो भएको छ ।’

हरेक साईडमा भएका एक/दुई जना प्राविधिक निरन्तर पुग्न समस्या हुँदा कामको गुणस्तरमा ब्यवशायीले हेलचेक्राई गर्ने संभावना पनि धेरै रहन्छ ।

प्रतिक्रिया दिनुहोस्