| बिहिबार, मंसिर ११, २०७७

रोटरी क्लव अफ गोरखाद्वारा इलर्निङका सामग्री प्रदान

रोटरी क्लव अफ गोरखाले जिल्लाका विद्यालयहरुमा इलर्निङ प्रवद्र्धन गर्न विभिन्न सहयोगी सामग्रीहरु प्रदान गरेको छ ।

सामुदायिक विद्यालयहरुलाई इलर्निङतर्फ उन्मुख गराउने उद्देश्यले सहयोगी सामग्री प्रदान गरिएको क्लवका अध्यक्ष काशिनाथ अम्गाईले जानकारी दिए ।
क्लवको लिटरेशी मिसन कार्यक्रमअन्तर्गत शनिबार गोरखाका दुई वटा विद्यालयलाई मिदासको पाठ्यक्रमसहितको इलर्निङ सामग्री र ५२ इञ्चको टिभी प्रदान गरेको छ ।

गोरखा नगरपालिका ८ स्थित रत्नलक्ष्मी माविका लागि र शहीदलखन गाउँपालिका ८ स्थित रामेश्वरी माविका लागि सो उपकरण प्रदान गरेको अध्यक्ष अम्गाईले जानकारी दिए ।
क्लवका अध्यक्ष अम्गाईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिकाका मेयर रोटरियन राजनराज पन्तले सो सामग्री हस्तान्तरण गरेका थिए ।


हस्तान्तरण कार्यक्रममा क्लवका पूर्वअध्यक्ष तथा पूर्व एजी पवनरमण खनाल, शिक्षा बिभाग प्रमुख तथा पूर्वअध्यक्ष नकूल थापा, पूर्वअध्यक्षहरु इश्वरकाजी मास्के, कृष्णप्रसाद ढकाल, कुशललाल श्रेष्ठ, क्लवका सचिव रामस्वरुप श्रेष्ठ लगायत सहभागी थिए ।

आइतबार सिरानचोक गाउँपालिका ७ को सूर्योदय माविका लागि इलर्निङका समग्री हस्तान्तरण गर्ने अध्यक्ष अम्गाईले जानकारी दिए । सामुदायिक विद्यालयलाई इलर्निङमैत्री बनाउन सहयोगी सामग्री जुटाउने कामलाई निरन्तरता दिदै जाने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्