| शुक्रबार, चैत्र १६, २०८०

आठ महिनापछि गोरखा संग्रहालय आगन्तुकका लागि खुल्ला

गोरखा संग्रहालय आगन्तुकका लागि खुल्ला गरिएको छ । कोभिड १९ को संक्रमण दर बढेपछि आठ महिना अघि बन्द भएको संग्राहालय आईतवारबाट खुलेको हो ।
कोरोना संक्रमण फैलिएसँगै गत चैत्र ६ गतेबाट सिसिएमसी बैठकले देशभरका संग्रहालय बन्द गर्ने निर्णय गरेपछि गोरखा संग्रहालय पनि बन्द थियो ।
देशभरका संग्रहालय खोल्ने निर्णय गरेसँगै आइतवारबाट गोरखा संग्रहालय पर्यटकका लागी खुल्ला गरिएको संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए । तर पर्यटकले आवश्यक सुरक्षा मापदण्ड अपनाउनु पर्नेछ । मास्क अनिवार्य लगाउनुपर्ने, भौतिक दुरी कायम गर्नूपर्ने र एक पटकमा दश जनालाइ मात्र संग्राहालय प्रवेश गर्न दिइने छ । त्यस्तै पर्यटकलाई झ्याल र ढोकामा नछुन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्