| बिहिबार, माघ १५, २०७७

गोरखामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

गोरखामा बिहिबार पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गोरखा नगरपालिकामा एक जना र आरुघाट गाउँपालिकामा चार जना गरी पाँच जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।

गोरखा नगरपालिकाका २९ वर्षको पुरुषको चितवन स्थित फिवर क्लिनिकमा कोरोना पुष्टि भएको हो ।
आरुघाट गाउँपालिका वडा नं ९का २५ वर्षिय पुरुष र २६,२७ र ३५ वर्षिय तीन महिलाको गण्डकी प्रदेश क्षयरोग उपचार केन्द्र पोखरामा कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वांब दिइ परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्