| बुधबार, फाल्गुन १९, २०७७

यस्तो बन्यो बारपाकमा बुद्ध पार्क (फोटोहरु)

बारपाकमा बुद्ध पार्क निर्माण गरिएको छ । वडा नम्बर १ को ताक्लेनान्मा ४५ लाख नगद र स्थानीयको श्रमदानमा पार्क निर्माण भएको हो ।

उक्त पार्ककको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले सोमवार उद्घाटन गरेका छन् ।
गाउँपालिकाको ४० लाख र वडा कार्यालयको ५ लाखमा स्थानीयले श्रमदान समेत गरेर पार्क निर्माण भएको हो ।

बारपाक पुग्ने पर्यटकलाई बुद्ध पार्कले थप आकर्षित गर्ने गाउँपालिका अध्यक्ष बिष्णु भट्टले बताए ।

पार्कमा बुद्धको मुर्ती राखिएको छ भने नाक्लेनान् बुद्ध पार्क नाम दिइएको छ । पार्कमा पर्यटक आकर्षित गर्ने खालको स्तुपा राखिएको छ ।

स्थानीय पुरबहादुर घलेको संयोजकत्वमा पार्क निर्माण सम्पन्न भएको हो ।
बारपाकमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन भुकम्पले ध्वस्त बनाएको होमस्टे पनि स्थानीयले सुरु गरेका छन् ।

फोटो सौजन्य : खुसी घले