| शनिबार, बैशाख ८, २०८१

गोरखामा राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दोहन, प्रहरी र प्रदर्शनकारी धकेलाधकेल(फोटो फिचर सहित)

गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दोहन गरिएको छ ।

जनता समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शनिबार साँझ हरमटारीचोकमा छुट्टाछुट्टै चरणमा कार्यक्रम गरी राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दोहन गरेका हुन् ।


जनता समाजवादी पार्टीले बसपार्कबाट मशाल जुलुससहित चोकमा पुगेर राष्ट्रपति र प्रधानमन्त्रीको पुतला दोहन गरेका हुन् ।


नेकपाले खोलखोलेस्थित पार्टी कार्यालयबाट मशालजुलुससहित सोही चोकमा पुगेर पुतलामा आगो सल्काउन लाग्दा प्रहरीले खोसेर लगेको थियो ।


जुलुसले प्रतिनिधि सभा पुनस्थापना गर, केपी ओली मुर्दावाद, विद्या भण्डारी मर्दावाद लगायतका नारा लगाएका थिए ।


जनता समाजवादी पार्टीको मसालु जुलुस तथा पुतला दोहनपछिको कोण सभामा सो पार्टीका गण्डकी प्रदेशका सहसंयोजक रमेश पोखरेल, जिल्ला संयोजक नारायण खत्री, केन्द्रीय सदस्य रोहिणी पाण्डेलगायतले मन्तव्य ब्यक्त गरेका थिए

त्यस्तै नेकपाको कोणसभामा राष्ट्रिय युवा संघका सुदीप नगरकोटी, विद्यार्थी नेता आरके भट्ट लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्