| बिहिबार, फाल्गुन २०, २०७७

जिससबाट २७४ जना लाभग्राहीको फाईल गायब

गोरखाका कुन स्थानीय तहमा कति प्रतिशत घर बन्न बाँकी (सुचि सहित)

नीजि आबास पुननिर्माण बारे शुक्रवार भएको छलफलका क्रममा अझै गोरखाको पुनर्निर्माण छ प्रतिशत बाँकी रहेको सरोकारवालाहरुले बताएका छन् ।

गोरखाको चुमनुब्री गाउँपालिकामा ७६ प्रतिशत, गण्डकी गाउँपालिकामा ७८ प्रतिशत घर मात्रै बनेका छन् । आरुघाट गाउँपालिकामा ९१ प्रतिशत, अजिरकोट गाउँपालिकामा ९४ प्रतिशत, भीमसेनथापा गाउँपालिकामा ८३ प्रतिशत, धार्चे गाउँपालिकामा ९० प्रतिशत, गोरखा नगरपालिकामा ९१ प्रतिशत निजी आबास पुन निर्माण भएको जिल्ला आयोजना कार्यन्वयन इकाई (जिमाली) का प्रमुख रामशरण आचार्यले बताए ।
यस्तै पालुङटार नगरपालिकामा ८७ प्रतिशत, शहिदलखन गाउँपालिकामा ८९ प्रतिशत, सिरानचोक गाउँपालिकामा ९३ प्रतिशत र बारपाक सुलिकोट गाउँपालिकामा ९५ प्रतिशत घर बनेका छन् । पुन निर्माण र रेट्रोफिटिङ गरी ७२ हजार आठ सय २२ लाभग्राही रहेको गोरखामा ७० हजार एक सय ३६ लाभग्राहीले घर निर्माण सुरु गरी पहिलो किस्ता लिईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्