| शुक्रबार, चैत्र १६, २०८०

कम्यूनिष्ट शासनमा नेताका परिवारले उन्मुक्ति पाए, जनताले पाएनन् : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले कम्यूनिष्ट पार्टीका नेताले सरकारको नेतृत्व गरेयता उनका परिवारले उन्मुक्ति पाएको तर जनाले सँधै दुःख बेहोर्नुपरेको बताएका छ्न ।

संसद बिघटन गर्ने सरकारको निर्णय बिरुद्ध गोरखामा आयोजित सभामा बोल्दै उनले कम्यूनिष्ट पार्टीले जनतालाई झुटो आश्वासन बाँडेर भ्रम छरेको बताए । ‘बन्दुक बोक्ने केही मन्त्री भए, कोही प्रधानमन्त्री भए, उनका छोरी, ज्वाईँ, आफन्त सबैले मुक्ति पाए, सँगै बन्दुक बोक्ने गाउँका सोझा जनता के भए ?’ उनले प्रश्न गरे । कम्यूनिष्ट सरकारको शासन कालमा देशमा हत्या हिंसा बलात्कार बढेको, सर्वसाधारण नागरिकले बिकास, शान्ति अमन चयन अनुभुती गर्न नपाएको भन्दै उनले आलोचना गरे ।
‘बाबुराम, केपी, माधव, प्रचण्डले जे सुकै भनुन्’ उनले भने ‘कसैको बुई चढ्न र कसैलाई खसाल्ने कांग्रेसले जानेको छैन, जनताको मुद्धालाई लिएर अघि बढ्छौँ ।’ लोकतन्त्र, गणतन्त्र मान्ने नेताले आफैँले बनाएको संविधान मान्नुपर्ने बताउँदै नेकपाका नेतालाई लक्षित गर्दै उनले भने ‘प्रजातन्त्रीक परिपाटी मान्ने नेताले अदालतको फैसला मान्नुपर्छ ।’
केन्द्रिय सदस्य पाण्डेले अदालतले संसद पुर्नस्थापन गरे नेपाली कांग्रेस संसदमा जाने बताएका छन् । उनले भने ‘सर्वोच्च अदालतले संसद बिघटन ग¥यो भने चुनावमा नभए संसदमा गएर जनताको मुद्धा उठाउँछौँ ।’
संसद बिघटन गर्नु अशंवैधानीक कदम भएको बताउँदै उनले यसको निर्णय गर्ने अधिकार अदालतमा पुगेकाले अदालतले गर्ने निर्णय नै कांग्रेसले स्विकार गर्ने बताए । अदालतको फैसला नआउँदा सम्म कांग्रेसले चरणवद्ध आन्दोलन गरिरहने उनले बताए ।

ओली र प्रचण्ड–माधव पक्षधर नेकपाले कांग्रेसलाई प्रधानमन्त्रीको लोभ देखाउँदैमा कांग्रेस बहकिन नहुने बताउँदै उनले आफ्नो बिचार र सिंद्धान्तमा अडिक हुनुपर्ने धारणा राखे ।
नेपाली कांग्रेस गोरखा नगर कार्यसमितिका सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा गोरखा नगरपालिका वडा नम्बर २ ताप्ले कोखे आहालेमा भएको कार्यक्रममा प्रमुख अथिति पाण्डे, जिल्ला कार्य समिति सचिव नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य राजनराज पन्त, राजेन्द्र बजगाई, गोरखा क्षेत्र नम्बर १ का सभापति धिरन थापा, नेपाली कांग्रेस जिल्ला सदस्य बिनाकुमारी श्रेष्ठ, महासििमत सदस्य भुगोल थापा, तरुण बिभागका केन्द्रिय सदस्य ध्रब पन्त, मुस्लिम बिभागका केन्द्रिय सदस्य बाबुदिन मियाँ, नेविसंघ केन्द्रिय सदस्य पम्फा गान्धारी, तरुण दलका जिल्ला अध्यक्ष आनन्द गुरुङ लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्