| बुधबार, फाल्गुन १९, २०७७

प्रदेशको सम्बृद्धिका निम्ती एकता अपरिहार्य ः मन्त्री बस्नेत

धार्चे गाउँपालिकामा नेकपाको अगुवा कार्यकर्ता भेला

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को ओली पक्षिय अगुवा कार्यकर्ता भेला धार्चे गाउँपालिकामा ५ माछाखोलामा शनिवार भएको छ ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास मन्त्री एवं नेकपाका केन्द्रिय सदस्य रामशरण बस्नेतले उक्त भेलामा प्रशिक्षण दिएका हुन् ।
नेकपा जिल्ला सदस्य कमानसिंङ गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कृष्ण बहादुर नेपाली, मोहनप्रसाद भट्टराई, भिम सुनार, तारानाथ लामिछाने लगायतले प्रशिक्षण मुलक मन्तब्य राखेका थिए ।

अगुवा कार्यकर्ता भेलामा धार्चे गाउँपालिकाको बिभिन्न वडाका नेकपाका तीन सय कार्यकर्ता सहभागी रहेको धार्चे ६ काशिगाउँका वडा अध्यक्ष धनकुमार घलेले बताए ।

प्रतिक्रिया दिनुहोस्