| बुधबार, फाल्गुन १९, २०७७

लक्ष्मण गिरीको संयोजकत्वमा पालुङटारमा समाजवादी विद्यार्थी युनियन गठन

जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनको पालुङटार नगर स्तरीय कमिटि गठन भएको छ ।

लक्ष्मी गिरीको संयोजकत्वमा गठित समितिको सहसंयोजक रितिका परियार, कोषाध्यक्ष नारायण गिरी, सचिब शुसिल परियार, सहसचिब सुनिल नेपाली, सदस्यहरु बिकास नेपाली लगायत ३१ सदस्य रहेका छन् ।
गण्डकी प्रदेशका सांसद एव समाजवादी पार्टीका नेता हरिशरण आचार्यको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा समाजवादी पार्टिका केन्द्रिय सद्स्य फडिन्द्र देबकोटा, समाजवादी विधार्थी युनियनका केन्द्रिय उपाध्यक्ष नेत्र चापागाई, प्रदेश सदस्य नारायणी अधिकारी, जिल्ला उपाध्यक्ष शान्ता न्न्यौपाने, नगर पार्टी संयोजक देबीमाया गिरी, समाजवादी विद्यार्थी युनियन गण्डकी प्रदेशका अध्यक्ष रेशम सापकोटा लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्