| बुधबार, फाल्गुन १९, २०७७

सिरानचोकमा कांग्रेसको बिरोध सभा

गोरखा क्षेत्र नम्बर २ को सिरानचोक गाउँपालिकामा नेपाली कांग्रेसले शनिवार बिरोध सभा गरेको छ ।

गाउँपालिका स्तरीय समितिको आयोजनामाजेष्ठ वडा सभापति बिरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति नेपाली कांग्रेसका जिल्ला सभापति हरिबहादुर घलेले संसद बिघटन गर्ने सरकारको निर्णय बिरुद्ध केन्द्रको निर्देशनमा कांग्रेस गोरखाले निरन्तर आन्दोलनका कार्यक्रम गर्दै आएको बताए ।
उक्त बिरोध कार्यक्रममा कांग्रेस महासमिति सदस्य अब्दुल सतार, महिला संघकी जिल्ला अध्यक्ष मनकुमारी गुरुङ, जिल्ला सदस्य सिपी पोखरेल, नेपाली कांग्रेस क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङ, सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङ, उपाध्यक्ष रिता देबकोटा, शिक्षक संघका पूर्व केन्द्रिय सदस्य लुमनाथ लामिछाने, परामर्श समिति सदस्य राजु थापा, वडा नम्बर १ सभापति सुकमान गुरुङ, २ का चक्रबहादुर गुरुङ, ५ का बिष्णु पोखरेल, ६ का बलराम मल्ल, सिरानचोक ६ का वडा अध्यक्ष नारायण दानी, स्थानीय काजि गुरुङ, वडा नम्बर ८ का सभापति बिष्णु पोखरेल लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्