| बिहिबार, फाल्गुन २०, २०७७

संसद बिघटन बिरुद्ध पालुङटारमा नेपाली कांग्रेसको बिरोध प्रर्दशन

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ पौवाटारमा नेपाली कांग्रेसले बिरोध कार्यक्रम गरेको छ ।

संसद बिघटन गर्ने सरकारको निर्णय बिरुद्ध नेपाली कांग्रेस पालुङटार नगर समितिको आयोजनामा बिरोध प्रर्दशन सहितको कार्यक्रम भएको नगर सचिव सरोज देवकोटाले बताए ।
नगर सभापति दिपकबाबु कंडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति केन्द्रिय सदस्य कमला पन्तले संसद बिघटन अलोकतान्त्रीक र असंवैधानीक भएको बताईन ।

कार्यक्रममा प्रदेश सांसद प्रकाशचन्द्र दवाडी, नेपाली कांग्रेस गोरखाका प्रवक्ता रामप्रसाद भण्डारी, जिल्ला सदस्यहरु बलराम खड्का, भेजराज पाण्डे, रबिकला खनाल गोरखा क्षेत्र नम्बर २ क सभापति नारायण गुरुङ, पालुङटार नगरको महिला बिभाग संयोजक चेतकुमारी श्रेष्ठ, तरुण दलका केन्द्रिय प्रतिनिधि पदम भट्टराई, सांस्कृतिक संघका जिल्ला अध्यक्ष अमर धिताल, नेविसंघका नगर सभापति अनिल थपलिया, वडा नम्बर ६ का सभापति पुननारायण श्रेष्ठ लगायतले धारणा राखेका पालुङटार नगर सचिव सरोज देवकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्