| बुधबार, फाल्गुन १९, २०७७

प्रहरी

माघ १० गते विप्लप नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीद्धारा नेपाल बन्दको घोषणा (विज्ञप्ती सहित)


माघ १० गते नेपाल कम्यूनिष्ट पार्टीले नेपाल बन्दको घोषणा गरेको छ।

कामको शिलसिलामा रहेको अवस्थामा पुस २९ गते सरकारले केन्द्रिय सचिवालय सदस्य धमेन्द्र बास्तोला लगायत चार जनालाई फरक बिचार र राजनीतिक लाईनकै कारण गिरफ्तार गरेको बिरोधमा नेपाल बन्दको आयोजना गरिएको गोरखाका शेक्रेटरी सरलद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।
गैर न्यायिक गिरफ्तारीका बिरुद्ध केन्द्रिय समितिले घोषणा गरेको माघ १० गतेको नेपाल बन्दको कार्यक्रम गोरखा भित्र पनि गरिएको उनले उल्लेख गरेका छन् । सबै कार्यालय, बजार, लामो तथा छोटो दुरीका सवारी साधन, उद्योग, संघ संस्था सबै बन्द रहने बिज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्