| बिहिबार, फाल्गुन २०, २०७७

दशकिलोमा ट्याक्टर दुर्घटना हुँदा एक गम्भिर घाईते


गोरखा –आँबुखैरेनी सडक खण्डको १० किलो बजारमा ट्याक्टर दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् ।

सडकबाट ट्याक्टर नालीमा खस्दा गोरखा नगरपालिका वडा नम्बर ११ का २१ वर्षिय रबि नेपाली गम्भिर घाईते भएका प्रहरीले जनाएको छ । ट्याक्टरले खुट्टा चेपिँदा उनलको गम्भिर चोट लागेको र उपचारका लागि तनहुँको आँबुखैरेनी स्थित छिम्केश्वरी अस्पताल लगिएको प्रहरी निरीक्षक धर्म अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्