| शनिबार, बैशाख ८, २०८१

गोरखामा सुन्तला उत्पादन बढाउने बारे किसानसँग छलफल

सुन्तला उत्पादन कम हुन थालेपछि निराश बनेका गोरखाका किसानलाई उत्पादन कसरी बढाउने भन्ने बारे जानकारी गराइएको छ ।

सोमवार प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गोरखा र कृषि ज्ञानेकन्द्र गोरखाको आयोजनामा अगुवा कृषक र बिज्ञहरु बिच अन्तक्रिया भएको हो ।
सुन्तला खेति पुनः जागरण तथा क्षेत्रफल बिस्तार सम्बन्धी आधारभुत तालिममा सहभागी कृषकहरुले फल सानो लाग्ने, थोरै फल्ने, बोटो मर्ने हुँदा आम्दानी वर्षेनी घटेको गुनासो गरेका थिए । किसानलाई फलफुल बिज्ञहरुले उत्पादन बढाउने तरिका, फलफुल लगाउँदा ध्यान दिनुपर्ने पक्ष लगायतका बारेमा सुझाएका थिए ।
जिल्ला समन्वय समितिका प्रमुख अशोककुमार गुरुङले गोरखाको सुन्तला खेतिलाई बिस्तार गर्न किसानको समस्या समाधानमा ध्यान दिनुपर्ने बताए । राज्यले किसानलाई आवश्यक मल, बिऊ र प्राविधिक सहयोग उपलब्ध गराए उत्पादन बढाउन सहयोग गर्नु पर्ने उनले बताए ।

कार्यक्रममा एक कार्यपत्र प्रस्तुत गर्दै सुन्तला अनुसन्धान कार्यक्रम धनकुटाका प्रमुख उमेश आर्चायले गोरखाको सुन्तला बगैचा नष्ट हुँदै गइरहेकाले बिस्तारको कार्यक्रम पनि सँगै अघि बढाउन आग्रह गरे । सुन्तला जात फलफुल जोन कार्यक्रमका प्रमुख कुलप्रसाद अधिकारीलाई सुन्तला खेति गर्न किसालाई प्रोत्साहीत गर्ने गरी कार्यालयले काम अघि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्