| शनिबार, बैशाख ८, २०८१

गोरखाका ८ स्थानीय तहमा प्रचण्ड–माधव पक्ष नेकपाको बिरोध सभा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधब पक्षले सोमवार गोरखाको बिभिन्न आठ वटा स्थानीय तहहरुमा बिरोध सभा गरेको छ ।

संसद बिघटन गर्ने प्रधानमन्त्री केपी ओलीको कदम असंबैधानिक भएको भन्दै चरणबद्ध आन्दोलनमा उत्रिएको प्रचण्ड नेपाल पक्षले जिल्ला बिरोध कार्यक्रम गरेको नेकपा गोरखा जिल्ला इन्चार्ज कृष्ण धितालले बताए ।
नेकपाले गोरखा नगरपालिकामा वडा नम्बर १० स्थित छेवेटारमा गरेको बिरोध नेकपाका केन्द्रिय सदस्य हरिराज अधिकारी, पालुङटार नगरपालिकामा दिनेशचन्द्र देवकोटा, खोपबहादुर कंडेल, भीमसेन थापा गाउँपालिकामा केन्द्रीय सदस्य कृष्ण धिताल, आरुघाट गाउँपालिकामा जगन्नाथ खनाल, शहिद लखन गाउँपालिकामा केन्द्रीय सदस्य अमर तमु, बारपाक सुलिकोट गाउँपालिकामा बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्ट, गण्डकी गाउँपालिकामा दिपक तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए ।
छेवेटारमा भएको बिरोध सभालाई सम्बोधन गर्दैै केन्द्रीय सदस्य एवं बिघटित प्रतिनिधिसभाका सांसद हरिराज अधिकारीले देशलाई सवैधानिक बाटोमा हिडाउन संसद पुनस्थापनाको बिकल्प नभएको भन्दै अदालत प्रति नेपाली जनताको आशा र भरोसा अझै पनि बाँकी रहेका बताए ।

प्रतिक्रिया दिनुहोस्