| शनिबार, बैशाख ८, २०८१

पालुङटारमा चितुवा मृत भेटियो

गोरखाको पालुङटार नगरपालिका वडा नम्वर ४ मालतीगैरामा बिहीवार मृत अवस्थामा चितुवा फेला परेको छ । करिव डेढ बर्षको पोथी चितुवा खोल्सामा मृत्त भेटिएको पालुङटार सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अर्जुन बहादुर अच्छामीले जानकारी दिए ।

खोल्सामा मृत अवस्थामा चितुवालाइ देखेपछि गोठालो गएका स्थानीयले कार्यालयमा खवर गरेका थिए । जनप्रतिनिधी, स्थानीय र प्रहरीको रोहवरमा मृत चितुवालाई सव डिभिजन वन कार्यालय पालुङटारको कम्पाण्डमा गाडिएको अच्छामीले बताए ।

भालेपोथी झगडाको क्रममा मरेको हुन सक्ने अनुमान कार्यालयको छ । उक्त चितुवा साढे चार फिट लम्वाइ र डेढ फिट उचाइको रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्