| बिहिबार, फाल्गुन २०, २०७७

बारपाक सुलिकोटमा कांग्रेसको बिरोध सभा

गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ५ लाँकुरीबोटमा नेपाली काङ्ग्रेसले शनिवार बिरोध सभा सम्पन्न गरेको छ ।

वडा पार्टी सभापति नरहरि शर्मा वाग्लेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले संसद बिघटन गर्नु संविधान बिपरित भएको बताएका थिए ।
‘सरकार निरङ्कुशता तर्फ अघि बढेको छ’ उनले भने ‘निर्वाचनमा कम्यूनिष्टले जनतालाई ढाँटे, त्यतिबेला गरेको बाचा आज एउटा पनि पूरा गरेनन ।’ जनताले दुई तिहाई मत दिएर सरकारमा पठाएको कम्यूनिष्ट पार्टीले अहिले आन्तरिक कलह मच्चाएर देशमा अशान्ति फैलाउनमा उद्धत भएको उनले आरोप लगाए ।

साथै उनले कांग्रेस नेता कार्यकर्तालाई बिचलित नभई जनताको पक्षमा अघि बढ्न सुझाब दिए । नेता पाण्डे केही दिनदेखि गोरखा क्षेत्र नम्बर २ को बिभिन्न ठाउँमा आयोजित कार्यक्रममा सहभागी भईरहेका छन् ।
सभामा कांग्रेस जिल्ला सचिव नन्दप्रसाद न्यौपानेले अहिलेको सरकारबाट केही आशा गर्न नसकिने बताउँदै देशलाई यो भुमरीबाट उन्मुक्ति दिन कांग्रेस अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा मुस्लिम संघका केन्द्रिय अध्यक्ष अब्दुल सतार, क्षेत्र नम्बर २ का सचिव मानप्रसाद धिताल, क्षेत्रीय सचिव दिनेश खनखवास, खेलकुद बिभागका केन्द्रीय सदस्य सिपी पोखरेल, महिला संघकी क्षेत्र नम्बर १ कि अध्यक्ष सपना पुन, मिना अधिकारी, राजु थापा लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्