
भीमसेन थापा प्रतिष्ठानको लागि जग्गा दान
गोरखाको भीमसेन थापा गाउँपालिकामा रहेको भीमसेन थापा प्रतिष्ठान बोर्लाङका लागि स्थानीयले जग्गा दान गरेका छन् ।
लालजंग थापा, चन्द्रजंग थापा, गोपालजंग थापा, ललित बिक्रम थापा, गोपाल सिंह थापा लगायतले जग्गा दान गरेका प्रतिष्ठानले जनाएको छ । एक रोपनी छ आना जग्गा दान गरेका हुन् । आफ्नो पुर्खाको सम्झनामा जग्गा दान दिएको दाताहरुले बताएका छन् ।