
महिला उद्यमीको छैठौँ साधारण सभा सम्पन्न
गोरखा उद्योग वाणिज्य संघअन्तर्गत महिला उद्यमी बिकास समिति संलग्न रहेको महिला उद्यमी बचत समुहको छैठौँ साधारण सभा सम्पन्न भएको छ ।
रिता रेग्मीको अध्यक्षतामा भएको साधारण सभामा गोरखा नगरपालिकाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा कोषाध्यक्ष सुष्मा श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन पनि प्रस्तुत गरेको अध्यक्ष रेग्मीले बताईन । बचत संकलनमा आवद्ध महिला उद्यमीहरुले मासिक दुई सय रुपैयाँका दरले बचत गर्दै आएका छन् ।