
पूर्व युवराज पारस शाह गोरखामा
पूर्व युवराज पारस शाह गोरखामा आएका छन् । गएराती १२ बजे गोरखा आएका उनको स्वागतमा सहभागी सुदीप ढकालले जानकारी दिए ।
पूर्वराजपरिबारको कुलदेवताको रुपमा मानिने गोरखकाली र गोरखनाथको पूजाआजाका लागि गोरखा आएका ढकालले बताए ।
उनी गोरख दरबार आसपास रहेको होटल वृन्दावनमा बसेका छन् ।
अहिले बिहान नौ बजे पूजामा सहभागी भई फर्कने कार्यक्रम रहेको ढकालले बताए ।

उनको स्वागत गर्न र साथ दिनका लागि गोरखा सदरमुकाम आसपासका राजसँस्थाप्रति आस्थावानहरु, राप्रपाका नेता कार्यकर्ताहरु भेला भएका छन् ।