| शनिबार, बैशाख ८, २०८१

लायन्स क्लवद्वारा शहीद लखनमा १६३२ जनाको आँखा परीक्षण


लायन्स क्लव अफ गोरखाले शहीद लखन गाउँपालिकाभरि सञ्चालन गरेको आँखा परीक्षण शिविरमा १६३२ जनाको आँखा परीक्षण गरिएको छ । गाउँपालिकाका विद्यालयमा सञ्चालित शिविरमा ९१४ जना विद्यार्थी र स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा ७१८ जनाको आँखा परीक्षण गरिएको लायन्स क्लव अफ गोरखाका अध्यक्ष श्यामबाबु श्रेष्ठले जानकारी दिए ।


हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा माघ पाँच गतेदेखि १४ गतेसम्म आँखा परीक्षण शिविर सञ्चालन गरिएको हो ।


स्वास्थ्यचौकीमा सञ्चालित शिविरमा २९१ जना पुरुष र ४२७ जना महिलाको आँखा जाँच गरिएको क्लवका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।


परीक्षण गरिएकामध्य २९ जनाको आँखाको तत्काल शल्यक्रिया गर्नुृपर्ने अबस्था देखिएको छ । उनीहरुको आउँदो माघ १९, २० र २१ गते गोरखा आखा उपचार केन्द्रमा नियमित सञ्चालन गर्ने शिविरमा शल्यक्रिया गर्ने उनले बताए ।


साथै १२ जना विद्यार्थीहरुमा चस्मा लगाउनु पर्ने देखिएको थियो ।


लायन्स क्लव अफ गोरखाले ११ वटै पालिकामा सघन रुपमा आँखा परीक्षण शिविर सञ्चालन गर्ने निणर्य गरेको छ । निणर्यअनुसार पहिलो चरणमा शहीद लखन गाउँपालिकामा शिविर सञ्चालन गरिएको हो । दोस्रो चरणमा धार्चे गाउँपालिकामा शिविर सञ्चालन हुने भएको छ । मिति भने तयार भइनसकेको अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्