| बुधबार, फाल्गुन १९, २०७७

हिमालयन युवा समाजद्धारा समुदायमा डस्बिन बितरण

गोरखा नगरपालिका वडा नम्बर १० को हिमालयन युवा समाजले समुदायमा कुचो, डस्बिन लगायतका सरसफाई सामग्री बितरण गरेको छ ।

शुक्रवार बिहान एक कार्यक्रमका बिच बातावरणमैत्रि घर, टोल, समाज निर्माणका लागी अभिमुखिकरण कार्यक्रम सहित सामग्री सहयोग गरिएको समाजका अध्यक्ष मनोज देवकोटाले बताए । उक्त सामग्री गोरखा नगरपालिकाको सहयोगमा बितरण गरिएको हो ।

गोरखा नगरपालिकाको वडा नम्बर ११, १२, र १३ वडाका टोलबिकास संस्था र महिला समुहलाई उक्त सामग्री बितरण गरिएको समाजका बिनोद पन्तले बताए । सोही अवसरमा मास्क, सेनिटाईजर पनि बितरण गरिएको थियो ।

समाजका अध्यक्ष मनोज देवकोटाको अध्यक्षता एवं वडा अध्यक्ष डिलबहादुर थापा मगरको प्रमुख अथित्यतामा र गोरखा नगरपालिकाका बतावरण शाखा प्रमुख धु्रब घिमिरेको उपस्थितीमा वडा नम्बर १२ को स्वास्थ्य चौकी, स्थानीय क्लवलाई उक्त सामग्री प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्