| बुधबार, फाल्गुन १९, २०७७

उद्योग बाणिज्य संघ आरुघाट बजार इकाईको अध्यक्षमा टिकानारायण श्रेष्ठ चयन

गोरखा उद्योग बाणिज्य संघ आरुघाट बजार इकाईको अध्यक्षमा टिका नारायण श्रेष्ठ चयन भएका छन् । शनिवार भएको १४ औँ साधारण सभा एवं सातौँ अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरेको हो ।

इकाईको बरिष्ठ उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, उपाध्यक्ष कृति श्रेष्ठ, सचिव उत्तम कुमार श्रेष्ठ, कोषाध्यक्ष लेखनाथ लामिछाने, सह सचिव अर्चना अधिकारी रहेका छन् ।
समितिको महिला सदस्यमा मुना श्रेष्ठ, सदस्यहरु विरबहादुर बुढाथोकी, बिशाल लामिछाने, हिमबहादुर गुरुङ,रशेम दाहाल, सुजन श्रेष्ठ रहेका छन् ।

इकाईका पूर्व अध्यक्ष बिश्वबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति आरुघाट गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर दाहाल, उद्योग बाणिज्य संघका अध्यक्ष जिबनज्योती श्रेष्ठ, लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्