| बुधबार, फाल्गुन १९, २०७७

बाह्रकिलोमा रोकिराखेको बस एक्कासी गुड्दा पल्टीयो, ७ जना घाईते

गोरखा –आँबुखैरेनी सडक खण्डको बाह्रकिलोमा रोकिराखेको बस दुर्घटना हुँदा सात जना घाईते भएका छन् । आज दिउँसो गोरखाबाट चितवनका लागि छुटेको ग १ ख ४१०४ नम्बरको मिनिबस बाह«किलोमा दुर्घटना भएको हो ।

बस सडकबाट करिब पाँच मिटर तल पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरी प्रमुख मित्रलाल ढकालले बताए । दुर्घटनामा घाईते सात जनाको गोरखा अस्पतालमा उपचार भईरहेको र अवस्था समान्य रहेको उनले बताए । बसमा करिब २० जना यात्रु रहेको प्रहरीले जनाएको छ । बाह«किलोमा यात्रु पर्खिरहेको बेला बस गुडेर दुर्घटना भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्