
सडकमै रोक्दै ट्राफिक नियम सिकाउँदै प्रहरी
केही दिन यता गोरखा–खैरेनी सडक खण्ड भएर मोटरसाईकलमा यात्रा गर्ने यात्रुहरुलाई ट्राफिक प्रहरीले बिच सडकमै रोक्ने, सवारी नियम बारे जानकारी गराउने गरेको छ । प्रदेस ट्राफिक कार्यालयले संचालन गरेको ट्राफिक सुधार एवं दुर्घटना न्यूनिकरण अभियान अन्र्तगत एक साता सम्म उक्त कार्यक्रम गोरखामा पनि संचालन भएको ट्राफिक प्रमुख मित्रलाल ढकालले बताए ।
बाह«किलो, लक्ष्मीबजार, हरमटारी, आहाले भञ्ज्याङ्ग लगायत ठाउँमा ४० पटक कार्यक्रम संचालन गरिएको उनले बताए । ट्राफिक नियम, सवारी चलाउँदा हेलमेट अनिवार्य लगाउन सुझाब, पर्चा पम्पलेट बितरण लगायतका चेतनामुलक सन्देश दिइएको ट्राफिक प्रमुख ढकालले बताए । बढ्दो दुईपाङ्ग्रे सवारीको दुर्घटना न्यूनिकरण गर्न कार्यक्रम संचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।