| बुधबार, फाल्गुन १९, २०७७

बारपाकमा एकै परिवारका तीन जना घर भित्रै मृत भेटिए

गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ बारपाक धामि तोराङमा एकै परिवारका तीन जनाको मृत्यू भएको छ । ८४ वर्षिय टिलबहादुर गुरुङ, उनकी बुहारी २२ वर्षिया आईतकुमारी गुरुङ र नातीनि १३ वर्षिया उषा गुरुङ आज बिहान मृत भेटिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले बताए ।
मृतक तिनै जनाको मुखबाट फिँज बगिरहेकाले बिषालु च्याउ खाँदा मृत्यू भएको हुन सक्ने आशंका स्थानीयको छ । घरमा अन्य परिवारका सदस्य थिएनन् । गएराती खाना खाएर सुतेका उनीहरु आज बिहान मृत भेटिएको सुचना पाएपछि घटनास्थलमा प्रहरी जाँदै गरेकाले बिस्तृत बिवरण आउन बाँकी रहेको एसपी सुरेन्द्र गुरुङले बताए । पोष्टमार्टमपछि मात्रै कारण खुल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्