| शुक्रबार, बैशाख ३, २०७८

बारपाकमा मृत भेटिएका तीन जनाको शव पोष्टमार्टम गरियो, रिपोर्ट आउन केही दिन लाग्ने

सुतिरहेको ठाउँमा मृत भेटिएको गोरखाको बारपाक सुलिकोट गाउँपालिका १ बारपाकका तीन जनाको शव आज पोष्टमार्टम गरिएको छ । ८४ वर्षिय टिलबहादुर गुरुङ, २२ वर्षिया आईतकुमारी गुरुङ र १३ वर्षिय उषा गुरुङ सोमवार बिहान मृत भेटिएका थिए ।

‘पोष्टमार्टममा त्यस्तो केही देखिएन’ डाक्टर दिपेन्द्र मग्रातीले भने ‘आमाशय, कलेजो, मृगौला, रगतको परीक्षण गर्न पठाएका छौँ, रिपोर्ट आउन केही दिन लाग्छ ।’ पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र कारण पहिचान हुन सक्ने उनले बताए । अनुमान गर्न मिल्ने गरी पोष्टमार्टम गर्दा केही नदेखिएको उनले बताए ।

पोष्टमार्टम रिपोर्ट आउन केही दिन लाग्ने प्रहरीले जनाएको छ । रिपोर्टका लागि परीक्षण गर्न काठमाण्डौँ पठाइएको छ । जौवारी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम पछि मृतकका परिवारले दाहासंस्कारका लागि शव बारपाक नै लगेका छन् ।

प्रतिक्रिया दिनुहोस्