| शनिबार, बैशाख ८, २०८१

बारपाक सुलिकोटमा दिलबहादुर रम्तेलको २६ औँ स्मृती सभा

बारपाक सुलिकोट गाउँपालिका ८ पन्द्रुङमा दिलबहादुर रम्तेलको २६ औँ स्मृती सभा शुक्रवार भएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बारपाक सुलिकोट गाउँपालिकाको आयोजना भएको उक्त सभामा नेकपाका केन्द्रिय सदस्य हितराज पाण्डेले शहीद रम्तेको स्मरण गर्दै शुक्रवारदेखि शहीद सप्ताह सुरु भएको बताए ।
‘मओवादी जनयुद्धका धेरै विषय गोरखा सँग गाँसिएको छ’ उनले भने ‘प्रथम शहीद दिलबहादुर रम्तेल गोरखाको रहनु, जनयुद्ध गोरखाबाट सुरु हुनु, जेल ब्रेक गोरखाबाट हुनु ।’ बारपाक सुलिकोटले जनयुद्धमा ठुलो योगदान गरेको केन्द्रिय सदस्य पाण्डेले स्मरण गरे । त्यसपछि २०७२ को भुकम्पमा पनि बारपाकले क्षती बेहोर्नुपरेको बताउँदै उनले गाउँपालिकाको योगदानको जति कदर हुनुपर्ने हो त्यो अझै हुन बाँकी रहेको इङ्कित गरे ।

कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य लेखनाथ न्यौपानेले राजनीति गर्ने नेताले ब्यक्ति खुसी बनाउन तर्फ लाग्न नहुने बताए । २०४८ साल यता पटक–पटक नेपाल कम्यूनिष्ट पार्टीको सरकार बन्दा पनि समाजमा बिकृती बिसंगती अझै बाँकी रहेकाले जनताको अपेक्षा अनुसार कम्यूनिष्ट सरकारले काम गर्न नसकेको उनले बताए । नेकपा एक नहुँदै फुटको चरणमा पुग्नुले जायज नभएको उनले बताए ।
नेकपा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु भट्टले शहीद दिलबहादुर रम्तेलको सम्मानका लागि पार्क निर्माण अघि बढेको बताए । पाँच करोड लगानीमा ८ रोपनी जग्गा लिएर पन्द्रुङमा पार्क बनाउने योजना एक महिना भित्र सुरु हुने उनले बताए ।
कार्यक्रममा शहीदका बाबु सेते रम्तेल, नेकपा जिल्ला सदस्य अमर गुरुङ, जिल्ला सह इन्चार्ज अमर तमु, भक्ति प्रसाद लामिछाने लगायतले दिलबहादुर रम्तेल र जनयुद्धको सम्बन्धका बारेमा धारणा राख्दै उनको स्मरण गरेका थिए । बारपाक सुलिकोट गाउँपालिकाले शहीद रम्तेलको स्मृतीमा शुक्रवार गाउँपालिका भित्र सार्वजनिक बिदा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्