| शुक्रबार, बैशाख ३, २०७८

गोरखाका प्रजिअ, सहायक प्रजिअ र प्रहरी प्रमुखको एकसाथ सरुवा

देशमा राजनीतिक संक्रमण भइरहेका बेला गृहमन्त्रालयले गोरखाका प्रमुख जिल्ला अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रहरी प्रमुखको एकैदिन सरुवा गरेको छ ।
गृहमन्त्रालयले गोरखाका प्रजिअ तीर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री र प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङकोको सरुवा गरेको हो ।
प्रजिअ भट्टराईलाई महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । त्यस्तै गोरखाको प्रमुख जिल्ला अधिकारीमा गृह मन्त्रालयमा कार्यरत सहसचिव शालिग्राम पौडेललाई खटाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीलाई पर्वत जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएको छ । गोरखाको सहायक प्रजिअको पदमा भने जिल्ला प्रशासन कार्यालय बझाङबाट कमलराज भण्डारी सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा गोरखा आउने भएका छन् ।
त्यस्तै गोरखाका प्रहरी प्रमुख सुरेन्द्र गुरुङलाई सरुवा गरी अपराध अनुसन्धान बिभाग सुरक्षा सेवा ब्यवस्थापन महाशाखामा पठाएको छ ।
गोरखाको प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय काठमाण्डौँबाट एसपी शेखर खनाल आउने भएका छन् ।
शुक्रवार गृहमन्त्रालयले ५२ जनाको सरुवा र पदस्थापन गरेको हो ।
४० भन्दाबढि जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका छन् ।

प्रतिक्रिया दिनुहोस्