| शुक्रबार, बैशाख ३, २०७८

सिटिजन लाइफ इन्स्योरेन्स गोरखा शाखाद्धारा घातक रोगको उपचार खर्च प्रदान

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको गोरखा शाखाले घातक रोग उपचार खर्च प्रदान गरेको छ । मंगलवार कम्पनीले आरुघाट गाउपालिका वडा नंबर ९ को बिजुली चोकमा एक कार्यक्रम गरि उक्त रकम प्रदान गरेको हो ।
आरुघाट गाउपालिका वडा नंबर ९ निवासि रुमती गुरुङले २०७६ जेठमा सिटिजन लाइफको गोरखा शाखाबाट तीन लाखको बार्षिक अग्रिम भुक्तानी बीमा गरेकी थिईन । एउटा बिमा शुल्क मात्रै बुझाएकि रुमतिलाई ब्रेन ट्यूमर भएपछि उपचारको लागि बिमाङ्क रकम प्रदान गरिएको शाखा प्रबन्धक हरिहर आचार्यले बताए ।

आरुघाट गाउपालिकाका उपाध्यक्ष कल्पना नेपाली र शाखा प्रबन्धक आचार्यले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष नेपालीले सिटिजन लाइफ इन्योरेन्सले घरैमा आएर रोगको उपचार खर्च दिएको भन्दै प्रशंसा गरिन् । शाखा प्रबन्धक आचार्यले बीमा भनेपछि मान्छेहरु भाग्ने गरेको तर बीमा कम्पनी ग्राहकसंग केहि लिन नभै सेवा गर्न प्रेरित रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्