| शुक्रबार, बैशाख ३, २०७८

भिमसेन थापामा स्वस्थ जिवनशैलीका लागि आयुर्वेद कार्यक्रम

गोरखाको भिमसेन थापा गाउँपालिकामा बिहिवार स्वस्थ जिवनशैली परिर्वतनका लागि आयुर्वेद कार्यक्रम संचलान भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा आयोजित कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, राजनीतिक दलका प्रतिनिधी लगायतको उपस्थिती थियो ।
उक्त कार्यक्रममा बढ्दो अब्यवस्थित जिबनशैली, खानपान, स्वास्थ्य समस्या, योगको महत्व लगायतका विषयमा चिकित्सकले जानकारी गराएका थिए । प्रदेश स्वास्थ्य निर्देशनालयका डाक्टर वुद्धीप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको डाक्टर रामकृष्ण भुजेल सुभद्रा कार्की, प्रसान्त पण्डित लगायतले सहजिकरण गरेका थिए ।

भिमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा ३० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्