| बुधबार, बैशाख १९, २०८१

टिप्ने बेला भएको च्याउ घरमा आगलागी हुँदा छेपेटारका किसानको १५ लाख गुम्यो (फोटो फिचर)

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटार स्थित च्याउ घरमा आगोलाग्दा १५ लाख भन्दाबढिको क्षती भएको छ । सिता कृषि तथा पशुपंक्षी फर्ममा सोमवार राती करिब १२ बजेतिर आगो लागेको फर्मका संचालक सिता दराईले बताईन् ।

‘टिप्ने बेला भएको च्याउन थियो, करिब एक सय पोकाको लागि बिउ पनि थियो’ उनले दुखेसो गर्दै भनिन् ‘सबै टिपेर बिक्री गर्न पाएको भए १५ देखि १८ लाख लिन्थेँ ।’ घर भन्दा केही पर च्याउ घर बनाएर उनले खेती गर्दै आएकी थिईन । आगो कसरी लाग्यो भन्ने यकिन भएको छैन ।
च्याउ खेतीबाट गुजारा गर्दै आएका सिताको परिवार आगलागीले सबै सखाप बनाएपछि समस्यामा छन् । लामो समयदेखि च्याउ खेती गर्दै आएका सिताको श्रीमान दृष्टिबिहिन छन् । श्रीमान बिष्णु दराईले च्याउ खेतीमा श्रीमतीलाई काम सघाउँथे ।

च्याउ खेतीबाट गत वर्षहरुमा वार्षिक आठ\नौ लाख रुपैयाँ आम्दानी गर्दै आएका उनीहरुले यस वर्ष खेती बिस्तार गरेका थिए । दुई सन्तान सहित चार जनाको परिवार च्याउकै भरमा गुजारा गर्दै आएको सिताले बताईन् ।
यो वर्ष टिप्ने बेला भएको च्याउ सबै जलेर खरानी भएपछि उनी निराश छिन् । घरबाटै प्रतिकिलो दुई सय रुपैयाँमा उनले कन्य च्याउ बिक्री गर्ने गर्थिन । २०६छ सालदेखि थोरैबाट सुरु भएको उनलको च्याउ खेती अहिले ब्यवशायीक रुपमा अघि बढेको थियो । लाखौँ रुपैयाँ खर्चेर यस वर्ष धेरै फाईदा लिने योजना सहित काम गरेका सितालाई आगोले च्याउ सखाप बनाईदिएपछि निराशा बढेको छ ।

‘एक झिल्को आगोले सबै खरानी भयो’ उनले भनिन् ‘राती १२ बजे गाउँलेहरु पनि आए, हामीले पनि आगो निभाउने प्रयास ग¥यौँ, तर सकेनौँ ।’
सिताको श्रीमान दृष्टी बिहिन छन् । दुई छोरा र श्रीमानको पालन पोषण, शिक्षा, घरखर्च सबै च्याउ बेचेर चलाउँदै आएका उनको परिवारलाई अब गुजारा कसरी चलाउने भन्ने चिन्ताले सताएको छ ।

प्रतिक्रिया दिनुहोस्