| बिहिबार, बैशाख ६, २०८१

जागेश्वर माविमा भुतपूर्व विद्यार्थी समाज गठन

भीमसेन थापा गाउँपालिका–८ महादेवटार स्थित जागेश्वर माध्यमिक बिद्यालयका भूतपूर्व बिद्यार्थी समाजको नयाँ कार्यसमिति चयन भएको छ ।

शनिवार भएको बिद्यार्थीको भेलाले बलराम भट्टको अध्यक्षता १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा पविता ढकाल, गणेश दवाडी, सचिव बसन्त ढकाल, कोषाध्यक्ष नवराज सिंखडा र सहसचिव गोकर्ण ढकाल रहेका छन् । सदस्यहरुमा विनय ढकाल, हरि सिंखडा, कपिल तिमल्सिना, प्रकाश भट्ट, रामचन्द्र दरै, रामशरण श्रेष्ठ, प्रभात थापा, रेशम कुमाल र अर्जुन भट्ट रहेका छन् ।

भूतपूर्व विद्यार्थी समाजले विद्यालयको शैक्षिक स्तरवृद्धीकालागि सहयोग गर्ने बताइएको छ । समाजको नयाँ कार्यसमिति गठन कार्यक्रममा प्रमुख अथिति विद्यालय स्थापनाकालका शिक्षक श्यामकृष्ण ढकाल, विद्यालयका प्रधानाध्यापक यदुनाथ सापकोटा, भुतपूर्व प्रअ मुक्तिनाथ ढकाल, भुतपूर्व विद्यार्थी एकदेव अर्याल, गणेश दुवाडी, बलराम भट्ट, आशिषजंग थापा लगायतले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्