
फरार रहेका गोरखाका दुई अभियुक्तहरु पक्राउ
बहु विवाहको मुद्दाका फरार २ अभियुक्तहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ ।
११ महिना १० दिन कैद र रु पाँच हजार जरिवाना तोकिएका पालुङटार नगरपालिका वडा नं ८ बस्ने २८ वर्षका अशोक बिकलाई प्रहरीले आइतबार पक्राउ गरेको थियो । त्यस्तै ११ महिना ९ दिन कैद र रु पाँच हजार जरिवाना तोकिएका पालुङटार नगरपालिकाकै वडा नं ७ बस्ने २५ वर्षका विष्णुबहादुर कुमाललाई सोमबार पक्राउ गरेको कार्यालयले जनाएको छ ।
उनीहरुलाई सोमबार नै अदालतमा पेश गरी अदालतको आदेश अनुसार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।