| आइतवार, बैशाख २६, २०७८

२८ जनालाई पोते, कृष्टल र मोतिको माला बनाउने तालिम

गोरखा नगरपालिकाको आयोजना र सकारात्मक परिवर्तनको लागी अग्रसर संस्था आदर्श नेपालको सहयोगमा युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम दिइएको छ ।

चैत ११ गतेबाट सुरु भएको पोते, कृष्टल र मोतिको माला बनाउने २० दिने तालिम मंगलवार सकिएको हो । उक्त तालिममा भाग लिएका सबै सहभागीहरुले राम्रो वस्तु बनाएको प्रशिक्षक पुष्पा आलेले बताईन । सहभागीले तयार गरेको सामग्री मध्ये ममता मग्राती (रुचाल)को सामग्री पहिलो, दोश्रो सावित्रि गान्धारी र तेश्रो सुजिना श्रेष्ठ भएका छन् ।


तालिमको नगर उपप्रमुख बिना कुमारी श्रेठले समापन गरेकी हुन् । तालिम लिएकाहरुलाई ब्यवशायीक रुपमा उत्पादन गर्न उनले सुझाब दिईन । साथै बिक्रीका लागि सघाउने समेत बताईन । सहभागीलाई प्रमाण(पत्र पनि वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्