| आइतवार, बैशाख २६, २०७८

शिक्षक पक्राउ गरेको आक्रोशमा विद्यार्थीले ताला लगाए

शिक्षक पक्राउ गरेको विरोधमा जनकल्याण मावि सिरानचोक ८ का विद्यार्थीले विद्यालयमा ताला लगाएका छन् ।

सिरानचोक गाउँपालिका ७ गोहोरेको जनकल्याण माविमा गणित विषयका शिक्षक जलेन्द्र चौधरी प्रक्राउ गरेको विरोधमा विद्यार्थीहरुले बिहिबार विद्यालयमा ताला लगाएर विरोध प्रदर्शन गरेका प्रधानाध्यापक कमलप्रसाद ढकालले जानकारी दिए ।


प्रहरीले गत मंगलबार तीनजना छात्राहरुलाई यौन दुव्र्यबहार गरेको आरोपमा शिक्षक चौधरीलाई पक्राउ गरी बालयौन दुराचार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको थियो ।


‘झुठा आरोप लगाई शिक्षकलाई फँसाउन खोजिएको भनेर विरोध र अभिभावकहरुले विद्यालय बन्द गराउनु भएको छ । बिहानैदेखि नारा जुलुस चलिरहेको छ’, प्रअ ढकालले भने, ‘अरु कुनै रिसले शिक्षकलाई फँसाउन मात्र खोजिएको हो भनेर संगै पढेका विद्यार्थीहरुले नारा जुलुस गरिरहेका छन् ।’

प्रतिक्रिया दिनुहोस्