| शनिबार, बैशाख ८, २०८१

चैतेदशैँमा गोनपाभित्रका विद्यालयहरुमा सार्वजनिक विदा

गोरखा नगरपालिकाभित्रका विद्यालयहरुमा चैतेदशैँको अवसरमा सार्वजनिक विदा हुने भएको छ । नगरपालिकाको शिक्षा शाखामा शुक्रबार सम्पन्न नगरस्तरीय प्रअहरुको बैठकले सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको शिक्षा शाखाका स्रोत शिक्षक ध्रुव अर्यालले जानकारी दिए ।


‘नगरपालिकाका प्रमुख राजनराज पन्तको अध्यक्षतामा सम्पन्न नगरस्तरीय प्रअहरुको बैठकले आउँदो बैशाख ८ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको हो’, अर्यालले भने, ‘कोभिडका कारण विद्यालय बन्द गर्ने वा नगर्ने भन्ने बारेमा भएको छलफलमा शिक्षा समितिको निर्णय अनुसार अघि बढ्ने निर्णय भएको छ ।’

प्रत्येक विद्यालयमा स्वास्थ्य सामग्री वितरणका लागि रकम निकासा भइसकेकाले मास्क, सेनिटाइजर, सावुन तथा पानीको व्यवस्था अनिबार्य गर्नुपर्ने पनि बैठकमा छलफल भएको थियो । ‘मास्क, सेनिटाइजर, साबुन, पानीको व्यवस्था प्रत्येक विद्यालयमा प्रतिविद्यार्थी दुईसय रुपैयाँका दरले रकम निकासा भएको छ’ उनले भने, ‘विद्यालयहरुले त्यही रकमबाट सरसफाइ सामग्री खरिद गरेर व्यवस्थापन गर्नुपर्ने छ ।’

साथै प्रत्येक दिन विद्यार्थीहरुको स्वास्थ्य अबस्था अपडेट लिन तथा रुघाखोकी, जोरो मापन गर्न अनिबार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्