| आइतवार, बैशाख २६, २०७८

चैते दशैँमा गण्डकी प्रदेशभित्र सार्वजनिक विदा


गण्डकी प्रदेश सरकारलेे चैते दशैँको उपलक्ष्यमा आउँदो वैशाख ७ गते मंगलबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

गत चैत १७ गतेको मन्त्री परिषदको बैठकले चैते दशैँको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।


गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै सो दिन प्रदेशभित्रका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक संस्थानहरु विदा हुने जनाएको छ ।


यसअघि गोरखा नगरपालिकाले रामनवमीको दिन बैशाख ८ गते गोरखा नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्