| शुक्रबार, साउन १५, २०७८

भूकम्प स्मृति दिबसमा बारपाकमा भेडा जुधाई

दरौदी: भूकम्पको केन्द्रबिन्दु गोरखामा भूकम्प स्मृती दिबसको अवसरमा बिभिन्न कार्यक्रम गरिएको छ । बारपाक मित्रता समाजको आयोजना भएको कार्यक्रममा भेडा जुधाई प्रतियोगिता भएको थियो । उक्त प्रतियोगितामा शिबराम गुरुङको भेडा पहिलो र हेमराज घलेको भेडा दोस्रो भयो ।

पहिलो हुनेले पाँच र दोस्रो हुने भेडाका धनीले तीन हजार नगद पुरस्कार पाए ।
फुपु नाँच, भाले जुधाई, भ्रुशी खेल भएको थियो । साँझ मित्रता क्लवको आयोजनामा भूकम्पमा ज्यान गुमाएकाहरुको सम्झनामा दीप प्रज्वलन समेत गरिएको समाजका सदस्य खुसी घलेले बताए । उक्त कार्यक्रम बारपाक मित्रता समाजका अध्यक्ष पूर्णबहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।
यस्तै गोरखा जेसीज जोरखाले २०७२ सालको गोरखा भूकम्पमा ज्यान गुमाएकाहरुको स्मृतिमा आईतवार साँझ दीपप्रज्वलन गरेको छ ।

गोरखा जेसीजका अध्यक्ष प्रविण बस्नेतको अध्यक्षता र गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्तको प्रमुख आथित्यतामा जिल्ला प्रशासन कार्यालय अगाडि रहेको जेसिज स्मृति पार्कमा दीप प्रज्वलन गरिएको हो । बढ्दो कोरोना प्रभावका कारण यस वर्ष भूकम्प स्मृती दिबसमा मानिस धेरै भिडभाड हुने कार्यक्रम भएनन् ।

प्रतिक्रिया दिनुहोस्