| शनिबार, बैशाख ८, २०८१

सिरानचोकमा अधिकांश ब्यवशाय दर्ता नभै संचालन

गोरखा उद्योग वाणिज्य संघ अन्तर्गत पूर्णिमा परियोजनाको प्राविधिक तथा आर्थिक सहयोगमा सिरानचोक गाँउपालिकाले निर्माण गरेको सिरानचोक गाँउपालिका स्तरीय व्यवसाय पाश्र्व चित्रको मंगलवार एक कार्यक्रमका बीच प्रमाणिकरण गरिएको छ ।
सिरानचोक गाँउपालिकाका अध्यक्ष राजु गुरुङ्गको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजिकरण गोरखा उद्योग वाणिज्य संघका कार्यक्रम संयोजक सुरेन्द्र पौडेलले गरेका थिए । २०७७ असोजदेखि मंसीरसम्म कोवो कलेक्टको माद्यमवाट स्थानिय गणकहरुको सहयोगमा पाश्वचित्र निर्माण गरिएको हो ।

उक्त दस्तावेज अनुसार पालिकामा महिलाद्वारा सञ्चालित तीन सय २७ र पुरुषले सञ्चालन गरेका सात सय २६ गरि एक हजार ५३ व्यवसाय विद्यमान रहेको निश्कर्ष निकालिएको छ ।
ती ब्यवशाय मध्ये ५२ प्रतिशत दर्ता नभएका र ४८ प्रतिशत दर्ता भएको देखिन्छ । जसमध्य ३७ प्रतिशत उत्पादनमुलक, ४४ प्रतिशत सेवामुलक, १७ प्रतिशत रिटेलर र दुई प्रतिशत सप्लायर्स रहेका छन् ।

ती ब्यवशायहरुमा करिब ५६ करोडको लगानी रहेको तथ्याङ्क छ ।
प्रमाणिकरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रीता देवकोटा, प्रमुख प्रशासकीय अधिकृत नेत्रमणि न्यौपाने, पुर्णिमा परियोजना अन्र्तगत ईआईईआरका कार्यक्रम संयोजक सुरेन्द्र पौडेल, जिल्ला उद्यम विकास अधिकृत शेरवहादुर बोहरा, वडा अध्यक्षहरु एवं कार्यपालिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्