| शुक्रबार, चैत्र १६, २०८०

गोरखा नगरपालिका भित्र शुक्रवार ४४ जनाको स्वाब संकलन

गोरखा नगरपालिकाले वडा वडामा स्वाब संकलन गर्न सुरु गरेसँगै शुक्रवार ४४ जनाको स्वाब संकलन गरेको छ ।
वडा नम्बर ८, १३ र १४ मा गरी २८ जना पुरुष र १६ जना महिलाको स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए । ३० गते सम्म नगरपालिकाले सबै वडामा पिसिआर जाँच गरिसक्ने तयारी गरेको छ ।

कोरोना संग मिल्दोजुल्दो लक्षण देखिएका र स्वास्थ्यमा समस्या भएका, बिदेशबाट आएकाहरुको निशुल्क पिसिआर जाँचका लागि स्वाब संकलन गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्