| सोमवार, जेष्ठ ३१, २०७८

पालुङटारमा मजदुर मृत भेटिए

गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ६ कबिखोला भन्ने ठाउँमा एक मजदुर मृत भेटिएका छन् ।

सल्यान जिल्लाको उमाख गाउँपालिका वडा नम्बर ३ का ४० वर्षिय गोरखा परियार शुक्रवार दिउँसो मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश दाहालले बताए ।
उनी केही दिनदेखि बिरामी रहेको स्थानीयले बताएका छन् । मानसिक रुपमा समेत बिरामी रहेका परियारको मृत शरीर पोष्टमार्टकालागि शुक्रवार नै गोरखा अस्पताल ल्याइएको छ ।

परिवारलाई पनि बोलाइएको र पोष्टमार्टमपछि शव जिम्मा लगाउने प्रहरीले जनाएको छ । बारीको कान्लामा शव भेटिएको र मृत्यूको कारण भने खुलेको छैन् ।

प्रतिक्रिया दिनुहोस्