| सोमवार, जेष्ठ ३१, २०७८

शहीदलखन ८ को आधारभुत स्वास्थ्य केन्द्रलाई ६ थान अक्सिजन सिलिण्डर सहयोग

गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ को आधारभुत स्वास्थ्य केन्द्रलाई स्थानीयले छ थान अक्सिजन सिलिण्डर र केही सर्जिकल मास्क सहयोग गरेका छन् ।
काठमाण्डौँ लगायत देशका अन्य ठाउँ र बिदेशमा बस्ने बुङ्कोटबासीबाट चन्दा संकलन गरी कोरोनाको जोखिम न्यूनिकरण र संक्रमितको सहज उपचारका लागि अक्सिजन सिलिण्डर सहयोग गरिएको दाताहरुले बताएका छन् ।

वडा भित्र पनि कोरोनाको जोखिम बढेसँगै कोरोना संक्रमणबाट सुरक्षित रहन, समुदायमा फैलन नदिन स्थानीयको सहयोग प्रशंसनिय रहेको वडा अध्यक्ष काशिनाथ अम्गाईले बताए ।
उक्त अभियानमा संकल्प श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, बासुदेव ढकाल, बिनोद श्रेष्ठ, अमृतबाबु श्रेष्ठ, राजेश श्रेष्ठ, इश्वर अम्गाई, नबराज अम्गाई, बिमल रम्तेल लगायतको सक्रियतामा उक्त सहयोग जुटेको वडा अध्यक्ष अम्गाईले बताए ।

उक्त अभियानका क्रममा संकलित रकम प्रकोप न्यूनिकरण र स्वास्थ्य प्रर्वद्धनमा खर्च गरिने उद्देश्य रहेको वडा अध्यक्ष अम्गाईले बताए ।

प्रतिक्रिया दिनुहोस्