| सोमवार, जेष्ठ ३१, २०७८

अक्सिजन लगाउनुपर्ने संक्रमितका लागि गोरखा अस्पतालमा चार, आँपपिपलमा एक वेड खाली

गोरखा अस्पतालमा कोरोना संक्रमितको लागि उपचार गर्न बनाइएको चार वेड खाली रहेको अस्पतालले जनाएको छ ।

छ वेड रहेको अस्पतालमा दुई जना कोरोना संक्रमित उपचाररत छन् भने दुई जना आज डिस्चार्ज भएको अस्पतालका सुचना अधिकारी कृष्ण ढकालले बताए ।
अक्सिजन लगाउनु नपर्ने बिरामीलाई होम आइशोलेसनमा बस्नु अनुरोध गरिएको उनले बताए । अस्पतालले एक जना बिरामीलाई भने आज पाटन अस्पताल काठमाण्डौँ रिफर गरेको छ । रिफर गर्नु अघि संम्बन्धित अस्पतालमा बेड भए, नभएको पक्का गरेर मात्रै पठाउने गरिएको सुचना अधिकारी ढकालले बताए ।
आँपपिपल अस्पतालमा कोरोना संक्रमितको उपचार गर्न चार वेडको आइशोलेसन छ । त्यहाँ तीन जना उपचाररत छन् । अहिले एउटा बेड मात्र खाली रहेको अस्पतालका प्रशासकिय अधिकृत बाबुराम गिरीले बताए ।

अक्सिजन सहित कोरोना संक्रमित बिरामी चार जना मात्र राख्न सकिने र साधारण खालका कोभिडका बिरामी भने १० जना सम्म राख्ने क्षमता आँपपिपल अस्पतालको रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्