| शुक्रबार, साउन १५, २०७८

श्रीमतीलाई मस्र्याङ्दी नदीमा फ्याँक्ने पुरुष पक्राउ

श्रीमतीलाई मस्र्याङ्दी नदीमा फ्याँकेको आरोपमा एक पुरुष पक्राउ परेका छन् ।

गोरखाको पालुङटार नगरपालिका ७ च्याङ्लीका ४४ वर्षिय रामबहादुर कामीले बिहिवार राती श्रीमती अन्दाजी ३६ वर्षकी सम्झना रेग्मीको मृत्यू भएको र आफुले शुक्रवार बिहान नदीमा फालेको बताएका छन् ।
शुक्रवार बिहान पालुङटार र तनहुँ जोड्ने झोलुङ्गे पुलबाट तन्नामा बेरेर मान्छे फालेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले कामीलाई पक्राउ गरी अनुसन्धान गर्दा श्रीमतीको मृत्यू भएको र दाहासंस्कार गर्ने कोही नभएकाले पुलबाट फ्याँकेको बताएका छन् ।
उनीहरु दुबै जना उक्त झोलुङ्गे पुलको जिपमा करिब डेढ महिना देखि बस्दै आएको बताएका छन् ।

प्रहरीले कामीलाई पक्राउ गरी घटनाको थप अनुसन्धान गरिरहेको डिएसपी प्रकाश दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्