| शुक्रबार, साउन १५, २०७८

कांग्रेस केन्द्रिय सदस्य पाण्डेद्वारा ९ थान अक्सिजन कन्सनट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग

नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले नौ थान अक्सिजन कन्सनट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग गरेका छन् ।

सोमवार गोरखा नगरपालिकाले संचालन गरेको आइशोलेसन सेन्टरका लागि दुई थान, गोरखा अस्पतालका लागि एक थान, गोनपा १२ स्थित तारानगर स्वास्थ्य चौकीलाई दुई थान सहयोग गरेका हुन् । यस्तै उनले सिरानचोक गाउँपालिकाका लागि दुई थान, पालुङटार नगरपालिकाका लागि दुई थान कन्सनट्रेटर सहित स्वास्थ्य सामग्री नगर प्रमुख र गाउँपालिका प्रमुखलाई हस्तान्तरण गरेका हुन ।
कन्सनट्रेटर सँगै स्थानीय तहलाई पिपिई, अक्सिमिटर, मास्क, सेनिटाईजर, ग्लोब्स प्रदान गरेका थिए । यस अघि आईतवार अजिरकोट र बारपाक सुलिकोटलाई ११ वटा अक्सिजन कन्सनट्रेटर सहित स्वास्थ्य सामग्री सहयोग गरेका पाण्डेले आफैँ स्थानीय तहको केन्द्र, स्वास्थ्य संस्थामा पुगेर सामग्री बितरण गरेका हुन् ।
‘दुर्गम गाउँका बिरामीले सहज सेवा पाउन कोभिडको माहामारीका बेला अक्सिजन कन्सनट्रेटर प्रभावकारी हुन्छ भन्ने लागेर यो उपलब्ध गराएको हुँ’ उनले भने । कोरोना संक्रमण लुकाएर बस्दा गाउँगाउँमा संक्रमण बढेको हुन सक्ने भन्दै उनले आफ्नो पार्टीका कार्याकर्तालाई आफु सुरक्षित भएर जनतालाई सुचित गराउन अनुरोध गरे ।

पालिकाहरुलाई थप स्वास्थ्य सुरक्षाका सामग्री आवस्यक परेमा सहयोग गर्ने बचन पनि उनले दिएका छन् । स्थानीय तहलाई कोरोना रोकथाम नियन्त्रण र उपचारमा सघाउन स्वास्थ्य सामग्री उपलब्ध गराएको भन्दै गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेल, सिरानचोक गाउँपालिका अध्यक्ष राजु गुरुङले धन्यवाद दिए ।
केन्द्रिय सदस्य पाण्डेले नेपाली कांग्रेसका वडा सभापति एवं प्रतिनिधि मार्फत मास्क पनि बितरण गरेका कांग्रेस क्षेत्र नम्बर २ का सभापति गोबिन्द गुरुङले बताए ।

बितरण कार्यक्रममा क्षेत्रिय सभापति गुरुङ, गोरखा नगरसभापति चन्दनबाबु खत्री, तरुण बिभागका ध्रुब पन्त, दरुण दलका नेता संजय सिलवाल, मुकेस अधिकारी लगाएको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्