| शुक्रबार, साउन १५, २०७८

आरुघाटमा २४ सहित गोरखामा ३१ जना संक्रमित थपिए

गोरखाको आरुघाट गाउँपालिकामा २४ सहित गोरखामा सोमवार ३१ जना कोरोना संक्रमित थपिएका छन् ।

पालुङटार नगरपालिकामा तीन जना, सिरानचोकमा तीन जना, गोरखा अस्पतालमा एक जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।
गोरखामा अझै दुई सय १३ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका माहामारी फोक पर्सन नारायणबाबु अर्यालले बताए ।

एक हजार १२ जना सक्रिय संक्रमित रहेको गोरखामा कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै हाल सम्म तीन हजार सात सय ५५ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्