| शुक्रबार, साउन १५, २०७८

गोनपामा सोमवारदेखि ५०– ५४ वर्ष उमेरका र अपाङ्गता भएकालाई जोनसन खोप लगाईने

गोरखा नगरपालिकामा सोमवारदेखि जोनसन एण्ड जोनसन खोप लगाउन सुरु गरिने भएको छ । स्वास्थ्य कार्यालयका अनुसार ५० देखि ५४ वर्ष उमेरका ब्यक्ति, क र ख अपाङ्गता परिचय पत्र भएका ब्यक्ति, शरणार्थी र यस अघिको अभियानमा छुट भएका स्वास्थ्यकर्मीलाई खोप लगाईनेछ ।
१० हजार तीन सय ७० जनालाई लगाउन पुग्ने उक्त खोप गोरखा आईपुगेको छ । ‘सोमवारबाट गोरखा नगरपालिकामा जोन्सन खोप लगाउन सुरु हुन्छ’ गोरखा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इश्वर रेग्मीले भने ।
स्वास्थ्य कार्यालयका अनुसार क्रमस अन्य पालिकामा पनि यो अभियान मंगलवारबाट सुरु हुनेछ । अब खोप निरन्तर आउने र खोप नियमित संचालन गरिने स्वास्थ्य कार्यालयका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्