| बिहिबार, कार्तिक ४, २०७८

स्थानीय युवाको सक्रियतामा बुढीगण्डकी वृद्धाश्रममा छ लाखको अक्षयकोष स्थापना

गोरखाको भिमसने थापा गाउँपालिका ३ मा रहेको बूढीगण्डकी वृद्धाश्रम तथा लक्ष्मीनारायण धाममा छ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । हाल अमेरिका रहेका स्थानीय युवा समाजसेवी केपी भट्टको पहलमा अक्षयकोष स्थापना गरिएको हो ।


अमेरिकामा बस्ने नेपाली दाजुभाई दिदिबहिनीबाट उक्त रकम संकलन गरेर संस्थालाई उपलब्ध गराइएको संस्थाका आजिबन सदस्य समेत रहेको भट्टले बताए । उक्त रकम शुक्रवार एक कार्यक्रमका बिच संस्थाका अध्यक्ष पण्डित लेखनाथ खनाललाई केपी भट्टका पिता तारानाथ भट्टले हस्तान्तरण गरेका हुन् ।


भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ का वडा अध्क्षय लिलानाथ लामिछानेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्थानिय समाजसेवी बुद्रिजिवीहरुको उपस्थिति रहेको संस्थाका सचिब नेत्र पुडासैनीले बताए । संस्थाका महासचिब बालकृष्ण लामिछाने संस्थाको स्थापनाकाल देखि हाल सम्मको अवस्थाको बारेमा जानकारी गराएका थिए ।


सोही अवसरमा आश्रममा बसोबास गर्ने बुवा आमालाई लक्षित गरेर दशै तिहार जस्ता माहान पर्व नजिकियकोले एक महिना लाई पुग्ने खाद्यान्न सामाग्री चामल, दाल लगायतका खरिद गरिएको संस्थाको संन्चालक कोपिला भुजेलले बताईन ।

संस्थाका अध्क्षय पण्डित लेखनाथ खनालले रकम संकलनकर्ता स्थानिय युवा केपी भट्ट र यो अक्षयकोष निमार्णमा सहयोग गर्ने दुई सय एक जना अमेरिकामा बसोवासी नेपालीलाई धन्यबाद दिउ ।

प्रतिक्रिया दिनुहोस्